Connect with us
Advertisement

गोठगाउँवासीः जसले जनप्रतिनिधि नबोलाई गरे सार्वजनिक कार्यक्रम

Published

on

विराटचोकः बिहीबार बिहानैदेखि सुन्दरहरैंचाको वडा नम्बर ७ स्थित गोठगाउँ चोकमा स्थानीयको बाक्लो चहलपहल थियो । हुन त केही दिन अघिदेखि पुराना ड्रम र टायरलगायतमा रङरोगन गर्न थालेपछि उत्सुकतावश हेर्नेको भीड पनि बाक्लै हुने गथ्र्याे । बिहीबार गोठगाउँ चोकबाट पूर्वाञ्चल विश्वविद्यालय जाने बाटोमा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्यक्रम रहेको थियो ।

गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको पहलमा चोकको सौन्दर्यीकरणका लागि झण्डा राखिएको हो । तर सो झण्डा राख्ने क्रममा जनप्रतिनिधिहरुलाई आमन्त्रण गरिएन । गोठगाउँ चोकको दक्षिणतर्फ बाटो बिस्तारमा देखिएको समस्या समाधानका लागि भएको छलफलमा सहभागी भएका सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह मगर, कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्यहरु खुशीलाल चौधरी र मीन गुरुङ पनि झण्डा राख्ने कार्यक्रममा सहभागी भने भएका थिए । त्यति मात्रै होइन नगरप्रमुख गुरागाईँले त बोरामा बोकेर ड्रममा माटोसमेत भरेका थिए ।

स्वतःस्फूर्त गरिएका साना कार्यक्रममा जनप्रतिनिधिलाई औपचारिक रुपमा नबोलाई कार्यक्रम गर्दा पनि हुन्छ भन्ने देखाउन र जनप्रतिनिधिको महत्वपूर्ण समय व्यवस्थापनमा सहज होस् भनेर जनप्रतिनिधि नबोलाइएको टोल विकास संस्थाका अध्यक्ष केशव भट्टराईले बताए ।

कार्यक्रममा जनप्रतिनिधि आएर सहभागी हुँदा र श्रमदान समेत गर्दा खुशी लागेको टोल विकास संस्थाका सल्लाहकार पोष्टकुमार श्रेष्ठले बताए ।

गोठगाउँ चोकको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने ट्राफिक प्रहरी पोस्ट गछियाका प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको प्रवेशद्वारको रुपमा रहेको चोकको सौन्दर्यीकरण गर्न शुरु मात्रै भएको र भविष्यमा यसको थप सौन्दर्य झल्काउनुपर्ने स्थानीय राजु पोखरेलले बताए । पोखरेलसहित टोल विकास संस्थाका सदस्य मातृका चौलागाईँ रङरोगन गर्ने कार्यमा सक्रिय रुपमा खटेका थिए ।

अघिल्लो दिन पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचार सेवा बिस्तार हुनु र भोलिपल्ट प्रवेशद्वारको रुपमा रहेको चोकको सौन्दर्यीकरण हुनुले गोठगाउँको विकासमा थप सहयोग पुग्ने नेपाली कांग्रेस वडा नम्बर ७ का अध्यक्ष बलभद्र बिष्टले बताए । चोकको दक्षिणमा बाटो बिस्तारमा रहेको समस्या पनि हल हुने भएपछि चोकको सौन्दर्य अझ झल्कने नरेन स्टेशनरीका सञ्चालक नरेन रायाले बताए । रायाले चोकमा राखिने ७ वटा झण्डा टोल विकास समितिलाई उपलब्ध गराएका थिए ।

गोठगाउँ चोकमा हरेक मङ्गलबार लाग्ने साप्ताहिक बजारलाई व्यवस्थापन गर्न सके चोकको सौन्दर्यमा थप निखार आउने लीलाप्रसाद पोखरेलले बताए । गोठगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष रहेका पोखरेलले बजार व्यवस्थापनको बारेमा छलफल भइरहेको र चाँडै नै एउटा निष्कर्षमा पुगिने बताए ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ०३ जेठ २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजन सँग मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Continue Reading

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक